शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘जय हो’ मा भित्रिइन् केकी

आइतबार, २२ माघ २०७९, १९ : २९
आइतबार, २२ माघ २०७९

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकाको रूपमा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले आइतबार केकीसँग अभिनयका लागि लिखित सहमति गरेका हुन् ।                                                              

फिल्मका लागि केकीसँगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ छनौट भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गतेदेखि छायांकनमा जाने छ । फिल्म पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ । 

सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत  सौरभ लामाको छायांकन  रहनेछ।

'जय हो'मा राज के अधिकारी र सुरज सरकार निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप