प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
आइतबार, २२ माघ २०७९, २२ : ५५

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार राति विप्लव प्रधानमन्त्री प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न बालुवाटार गएका हुन् ।
भेटवार्तामा नेकपाबाट महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा रहका थिए । यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महारा पनि वार्तामा सहभागी भएका थिए ।
विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिवार काठमाडौँ आएका थिए । यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका नेता महरालाई भेटेका थिए । विप्लवले बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग