प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
आइतबार, २२ माघ २०७९, २२ : ५५
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार राति विप्लव प्रधानमन्त्री प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न बालुवाटार गएका हुन् ।
भेटवार्तामा नेकपाबाट महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्मा रहका थिए । यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महारा पनि वार्तामा सहभागी भएका थिए ।
विप्लव प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिवार काठमाडौँ आएका थिए । यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका नेता महरालाई भेटेका थिए । विप्लवले बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण