कांग्रेस र एकीकृत समाजवादीका कारण बागमती प्रदेशसभा बैठक प्रभावित
मकवानपुर । बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको छ । आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो ।
कांग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको बताउने गर्छन् । उनीहरुले प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् । ‘सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले काँग्रेसले अहिले नै नाम पठाउँदैन’, कांग्रेसका एक सांसदले भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताएछन् । ‘नामहरू फाइनल छ तर अहिले पठाउँदिन’, खनालको भनाइ छ । यसैबीच प्रदेश सचिवले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गर्दै सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकका लागि सांसदहरु प्रदेशसमाभा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण