कांग्रेस र एकीकृत समाजवादीका कारण बागमती प्रदेशसभा बैठक प्रभावित

मकवानपुर । बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको छ । आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न नसकेको हो ।
कांग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै अहिले नै समितिहरू गठन गर्न हतार नभएको बताउने गर्छन् । उनीहरुले प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् । ‘सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले काँग्रेसले अहिले नै नाम पठाउँदैन’, कांग्रेसका एक सांसदले भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताएछन् । ‘नामहरू फाइनल छ तर अहिले पठाउँदिन’, खनालको भनाइ छ । यसैबीच प्रदेश सचिवले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गर्दै सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठकका लागि सांसदहरु प्रदेशसमाभा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा