टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० नाघ्यो, घाइते ३,००० भन्दा बढी
टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प महसुस गरिए । त्यसपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन् ।
टर्की र यसको छिमेकी सिरियामा भूकम्पका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ ।
टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ : १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ ।
पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो । टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।
टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।
टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशमा आपतकाल लागू गरेका छन् । यहाँ तीव्र रुपमा उद्धार कार्य गरिएको छ ।
टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले देशमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८४ पुगेको र घाइतेको संख्या २ हजार ३२३ पुगेको जानकारी दिएका छन् ।
यस्तै, सिरियाली स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २३७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण