शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

धरमरमा प्रधानमन्त्री प्रचण्ड, गठबन्धनमा दुई धार

सोमबार, २३ माघ २०७९, १५ : ३९
सोमबार, २३ माघ २०७९

काठमाडौँ । गृह मन्त्रालय नपाएको झोँकमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट फिर्ता हुनु र एमाले माओवादीबीचको सम्बन्ध कसिलो बन्न नसक्नुले  प्रचण्ड नेतृत्वको सरकारको भविष्यबारे टीकाटिप्पणी सुरु हुन थालेका छन् । अवको एक महिनापछि हुने राष्ट्रपति निर्वाचनमा प्रतिपक्ष कांग्रेसले चाल्न सक्ने कदम र त्यो कदममा सत्ता साझेदार दलले खेल्ने भूमिकाले नै वर्तमान सरकार र समीकरणको निरन्तरता निर्धारण हुने कतिपयको भनाइ छ ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख लगायतमा पहिला भएको सहमति कार्यान्वयन गर्नेनगर्नेमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीमै एकमत छैन । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिमार्फत अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् भने एमाले आफूले उठाउने उम्मेदवारका हकमा बाहेक राष्ट्रिय सहमति सम्भावनाबाहिरको भनेर बताइरहेको छ । राष्ट्रपतिको सवालमा सत्ता साझेदार दलकै नेताहरूबाट आएका फरक अभिव्यक्ति र देखाइएका व्यवहारले उनीहरूबिचको खटपट थप बढ्ने देखिन्छ । जसले गर्दा आगामी चैतपछि प्रचण्ड नेतृत्वको सरकारले निरन्तरता पाउन मुस्किल हुने टिप्पणी हुन थालेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय समिति बैठकमै प्रचण्ड नेतृत्वको सरकारको भविष्य आगामी चैतसम्म मात्रै हुन सक्ने उद्घोष गरेका छन् ।

‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो, थाहा छैन । राष्ट्रपतिको निर्वाचनसम्म थेग्ने स्थिति बन्ला की ?’, अध्यक्ष नेपालले भनेका छन् । नेता नेपालले भनेजस्तै राष्ट्रपति निर्वाचनमा बन्ने समीकरणले पनि सरकारको भविष्य निर्धारण हुने कतिपय राजनीतिक विश्लेषकहरूको विश्लेषण आउन थालेको छ । सत्ता साझेदार दलहरुबीचको खटपटमा खेलेर कांग्रेस र एकीकृत समाजवादी माओवादीलाई एमालेबाट छुटाउँदै फरक समीकरण बनाउन चाहन्छन् । त्यसका लागि उनीहरुले आफ्नोतर्फबाट घनीभूत छलफल समेत गरिरहेका छन् ।

यहीबेला प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गते सांसदहरूको हस्ताक्षर गर्दै सरकारमा गएको ४१ दिनपछि माघ २२ गतेबाट रास्वपा औपचारिक रूपमा सरकारबाट बाहिरिएको छ । यद्यपि सो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता नलिएको र सरकारसँग बहुमत कायमै रहेकाले प्रधानमन्त्रीले पुन विश्वासको मत लिइहाल्नुपर्ने अवस्था तत्काल नभएपनि यस्तै खटपट बढ्दै जाने हो भने जुनसुकै बेला सरकार अल्पमतमा पर्ने खतरा कायम छ ।

पुस २६ गते प्रतिनिधि सभा संसदमा कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले झस्किन पुगेको छ । कांग्रेसले विश्वासको मत दिएपछि पछिल्लो समीकरण बनाउन भूमिका खेलेको एमालेले आफूलाई कमजोर महसुस गरेको छ ।

पुस २६ गते प्रतिनिधि सभा संसदमा कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले झस्किन पुगेको छ । कांग्रेसले विश्वासको मत दिएपछि पछिल्लो समीकरण बनाउन भूमिका खेलेको एमालेले आफूलाई कमजोर महसुस गरेको छ । प्रधानमन्त्री प्रचण्डको पक्षमा २७५ सदस्यीय प्रतिनिधि सभाका सांसदहरूमध्ये २६७ जना सांसदको अझै समर्थन कायमै छ । यसले प्रचण्डलाई सरकार चलाउने यथेष्ट अनुमति छ । तर व्यवहारिक रूपमा एकपछि अर्को कठिनाइ आउन सक्ने सम्भावना पनि कायमै छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसले थापेको 'ढोक्सा' र सत्ता साझेदार दलमा देखिएका अझमझदारीले कुनबेला सत्ता गठबन्धन भत्कने हो भन्ने आशङ्कालाई बल पुगेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस सत्ता गठबन्धन भत्काउन खुलेरै लागिरहेको छ । अर्कोतिर संसद्को दोस्रो ठुलो दल नेकपा एमालेले रवि लामिछानेको मुद्दामा सर्वोच्चले गरेको फैसला र रास्वपालाई प्रधानमन्त्रीले गृह मन्त्रालय दिन नचाहेकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोखिरहेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले आइतबारको संसद् बैठकमै रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले गरेको फैसलाप्रति चर्को आलोचना गर्न पुगे । ‘कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिएर यो गठबन्धन भत्काउन चाहन्छ’, रवि लामिछानेको बचाउ र कांग्रेसको समर्थनप्रति प्रश्न गरेका ओलीले प्रस्टै शब्दमा भने,  ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिएँ मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा पार्न खोजिन्छ । ’ ओलीले थप भने, ‘बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो । सरकारलाई दिएको विश्वासको मतलाई राष्ट्रपति र सभामुखको निर्वाचनमा खिचलो खडा गर्ने काँग्रेसको रणनीति देखिन्छ ।’

मंसिरमा भएको आम निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत नआएपछि फरक विचार, अलग दृष्टिकोण र विपरीत सिद्धान्त बोकेका राजनीतिक दलहरूबिच समीकरण बनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको हो । तर सरकार गठन भएको दुई महिना नबित्दै साझेदार एक दल सरकारबाट फिर्ता हुनु र समर्थन गर्ने अन्य दलहरू जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतलगायतका पार्टीहरू पनि सन्तुष्ट नहुनुले वर्तमान प्रचण्ड नेतृत्वको सरकार धरमराउन थालेको त होइन ? भन्ने सर्वसाधारणले नै प्रश्न गर्न थालेका छन् ।

गठबन्धनमा दुई धार

सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा,राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति गरी सात पार्टी छन् । सात पार्टीमध्ये एमालेसँग रास्वपा र राप्रपा नजिक छन् भने माओवादीसँग जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी देखिन्छन् । रास्वपा र राप्रपा प्रधानमन्त्रीसँग भन्दा पनि एमालेसँग नजिक बन्दा स्वयं प्रचण्ड समेत ढुक्क हुन सकेका छैनन् । त्यही बुझेर नै प्रचण्डले कांग्रेसको साथ र सहयोग  खोजिरहेका छन् । तर प्रचण्डले कांग्रेसको साथ र समर्थन लिएकोमा एमाले अध्यक्ष ओलीलाई चित्त बुझेको छैन ।

मंसिरमा भएको आम निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत नआएपछि फरक विचार, अलग दृष्टिकोण र विपरीत सिद्धान्त बोकेका राजनीतिक दलहरूबिच समीकरण बनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको हो । तर सरकार गठन भएको दुई महिना नबित्दै साझेदार एक दल सरकारबाट फिर्ता हुनु र समर्थन गर्ने अन्य दलहरू जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतलगायतका पार्टीहरू पनि सन्तुष्ट नहुनुले वर्तमान प्रचण्ड नेतृत्वको सरकार धरमराउन थालेको त होइन ? भन्ने सर्वसाधारणले नै प्रश्न गर्न थालेका छन् ।

त्यही भएर रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि पनि राप्रपा र एमालेले रविलाई गृह मन्त्रालय नै दिनुपर्ने अडान राखेका थिए । तर प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक नदेखिएपछि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट नै पुगेर रविको पार्टीलाई गृह मन्त्रालय दिलाउन ओलीमार्फत प्रचण्डलाई दबाब दिनुपर्ने सुझाव दिएका थिए । कांग्रेसबाहेक  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र लोसपा लगायतका पार्टीले पनि सरकारलाई विश्वासको मत दिएका छन् । जसपा मन्त्रालयमा चित्त नबुझेर अहिलेसम्म सरकारमा गइसकेको छैन भने नागरिक उन्मुक्ति पार्टी नेता रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने बताइरहेको छ । यस्तो अवस्थामा ती पार्टीहरूले पनि सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिन सक्ने अवस्था कायमै छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारी सत्ता साझेदार दलमा दुई धार स्पष्ट देखिएको बत्ताउँछन् ।

‘सत्ता साझेदार दलमा दुई धार त प्रस्टै देखिन्छ । एमाले अध्यक्ष ओलीले रवि लामिछाने र राप्रपालाई च्यापेको देखिन्छ’, माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता रामनारायण विडारी भन्छन्, ‘आइतबारको संसद् बैठकमै ओलीले रविको बचाउ गरेको दुनियाँले देखेको छ ।’

नेता विडारी प्रचण्ड नेतृत्वको सरकार अहिले नै धरमरमा परेको भन्नचाहिँ नमिल्ने बताउँछन् । ‘यो सरकार धरमरमा पर्दैनहोला । किनभने अर्को सरकार आएपनि हुने यस्तै हो । प्रचण्डको विकल्पका सरकार बन्दा स्थायित्व हुने भए भन्न सकिन्थ्यो, तर अर्को आउने सरकार पनि उस्तै हुने निश्चित छ’, बिडारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप