२४ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमात आर्थिक तथा वित्तीय तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा रमेट्यिान्स २४.३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । यस्तै, अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह बढेको छ ।
समीक्षा अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा डलरमा रेमिटेन्स आप्रवाह ५.७ प्रतिशतले खुम्चिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीसँग नैतिकता छ भने राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुस् : लिङ्देन
-
सरकारले जंगे शासन लाद्न खोज्यो : अध्यक्ष लिङ्देन
-
विद्युत् प्राधिकरण नाफामा भए पनि कठिन परिस्थितिमा छ : कार्यकारी निर्देशक शाक्य
-
आजको राज्य लथालिङ्ग हुनुको सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव
-
रास्वपा र राप्रपाको ढ्यापढ्याप, पाण्डेले राखे धारणा
-
२०८१ पुसदेखि चैतसम्म ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी