२४ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमात आर्थिक तथा वित्तीय तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा रमेट्यिान्स २४.३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । यस्तै, अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह बढेको छ ।
समीक्षा अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा डलरमा रेमिटेन्स आप्रवाह ५.७ प्रतिशतले खुम्चिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८.१ प्रतिशतले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण