सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

घट्यो नेपालको निर्यात, ६ महिनामा ८० अर्बको निर्यात

सोमबार, २३ माघ २०७९, १६ : ११
सोमबार, २३ माघ २०७९

काठमाडौँ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्मको अवधिमा नेपालको निर्यात ३२ प्रतिशतले खुम्चिएर ८० अर्ब ८१ करोडमा सिमित बनेको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालको निर्यात ९५.५ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, यस अवधिमा कुल वस्तु आयात २०।७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई ७ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो

वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब १० अर्ब ९१ करोड बराबरको भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप