मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नियम बनाउन क्यानको माग

मङ्गलबार, २४ माघ २०७९, १४ : २९
मङ्गलबार, २४ माघ २०७९

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरूमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियमहरू बनाउन सरकारसँग माग गरेको छ । 

क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकारसँग सो माग राखेका हुन् ।  

मंगलबारबाट काठमाडौंमा सुरु भएको २५ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।  

शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानहरू मध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे ।  

यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि विशेष थलो हुने बताइएको छ । सो इन्फोटेकलाई करिव साँढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप