चिनियाँ उद्धार टोली टर्की जाँदै
मङ्गलबार, २४ माघ २०७९, २१ : ३५
बेइजिङ । चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ ।
बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपत्कालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।
बेइजिङ फायर एण्ड रेस्क्यू कोप्र्स, नेसनल भूकम्प रेस्पोन्स सपोर्ट सर्भिस र बेइजिङस्थित आपत्कालीन जनरल अस्पतालका कर्मचारीहरू मिलेर बनेको टोलीले उद्धारका उपकरण र सामग्री बोकेको थियो ।
टर्किरी र छिमेकी सिरियाका केही भागमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण