बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक सय विद्यार्थीलाई पोसाक वितरण

बुधबार, २५ माघ २०७९, ०९ : २२
बुधबार, २५ माघ २०७९

नवलपरासी । कपडाको अभाव झेलिरहेका नवलपरासीको सुनवलका एक विद्यालयका एक सय विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउन टाउनले नवलपरासीस्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको हो ।

सुनवल वडा नं ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्य, क्लबका अध्यक्ष भरत राना, क्लबका सचिव विष्णु प्रसाद भण्डारीले विद्यालयका प्राचार्य राधिका अर्यालमार्फत मंगलबार एक सय निम्न वर्गका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेका हुन । वडाध्यक्ष नारायण प्रसाद आचार्यले नाम अनुसार नै सामाजिक कार्यमा रोटरी अगाडी रहेको भन्दै आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य, सरसफाइ र समाजमा सचेतना जगाउने काममा लाग्न सुझाव दिए । सरकारबाट गर्नुपर्ने काममा निजी क्षेत्रबाट योगदान दिएको भन्दै उनले सबै क्षेत्रबाट सामाजिक क्षेत्रमा योगदान जरुरी रहेको बताए ।

क्लबका अध्यक्ष भरत रानाले विश्वबाट नै पोलियो उन्मुलनमा योगदान दिन सफल भएको रोटरी नेपालमा पनि धेरै काममा हातेमालो गर्दै आएको बताए । कार्यक्रमका संयोजक टिकाराम पन्थीले विगतबाट नै क्लबको वार्षिक कार्य योजना अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय कपडा वितरण गर्दै आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप