एक सय विद्यार्थीलाई पोसाक वितरण
नवलपरासी । कपडाको अभाव झेलिरहेका नवलपरासीको सुनवलका एक विद्यालयका एक सय विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ । रोटरी क्लब अफ बुटवल डाउन टाउनले नवलपरासीस्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको हो ।
सुनवल वडा नं ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्य, क्लबका अध्यक्ष भरत राना, क्लबका सचिव विष्णु प्रसाद भण्डारीले विद्यालयका प्राचार्य राधिका अर्यालमार्फत मंगलबार एक सय निम्न वर्गका विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेका हुन । वडाध्यक्ष नारायण प्रसाद आचार्यले नाम अनुसार नै सामाजिक कार्यमा रोटरी अगाडी रहेको भन्दै आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य, सरसफाइ र समाजमा सचेतना जगाउने काममा लाग्न सुझाव दिए । सरकारबाट गर्नुपर्ने काममा निजी क्षेत्रबाट योगदान दिएको भन्दै उनले सबै क्षेत्रबाट सामाजिक क्षेत्रमा योगदान जरुरी रहेको बताए ।
क्लबका अध्यक्ष भरत रानाले विश्वबाट नै पोलियो उन्मुलनमा योगदान दिन सफल भएको रोटरी नेपालमा पनि धेरै काममा हातेमालो गर्दै आएको बताए । कार्यक्रमका संयोजक टिकाराम पन्थीले विगतबाट नै क्लबको वार्षिक कार्य योजना अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय कपडा वितरण गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण