क्वारेन्टिन नगरेको तरकारी भारतबाट आउन रोकिन्छ : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्वारेन्टिनविनाको तरकारी भारतबाट आउन नदिने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले राज्य दलाल पुँजिवादको पक्षमा रहेको भन्दै त्यसकै कारण नेपालका किसानले उत्पादन गर्ने बस्तुले मूल्य नपाउने अवस्था सिर्जना भएको बताए ।
‘नेपाल खाद्यान्नमा आत्म निर्भर हुन नेपालकै खेतमा धान फल्नुपर्छ, नेपालका डाँडाकाँडामा फलफूल फल्नुपर्छ । नेपालको हिमालमा स्याउ फल्नुपर्छ’, विदेशीले दुईचार हजार डलर दिँदैमा नाक रगडेर हिँड्न नहुने उनको भनाइ छ ।
‘नेपालमा किसानहरूले आलु, साग, काउली लगायतका तरकारी फलाउँछन् । अनि भारतले सस्तोमा क्वारेन्टिन नगरी तरकारी पेलिदिन्छ । जब यहाँ नेपाली किसानको तरकारी विक्री हुँदैन र फालिन्छ अनि अभाव सिर्जना हुन्छ । त्यसपछि महँगोमा भारतबाट तरकारी ल्याइन्छ । सानो सानो कुराबाट पनि पुजी पलायन हुन्छ’, महासचिव विप्लवले भने, ‘नेपालमा क्वारेन्टिन नगरेको तरकारी आयात गर्न रोक्नुपर्छ । त्यो काम हाम्रो पार्टीले गर्छ गरिरहेको पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, राष्ट्रिय प्राथमिकताका विषयमा छलफल हुने
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण