लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन
बुधबार, २५ माघ २०७९, २२ : ५८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय निर्देशन समिति गठन गरेको छ । बुधबार सो पार्टीका पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरिएको हो । पार्टीका विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार निर्देशन समिति गठन गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सो समितिमा विधान बमोजिमका सबै पदेन सदस्य, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरु, वरिष्ठ नेता दिपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, केन्द्रीय नेताहरु रामकुमार सुब्बा, जयन्त चन्द र उद्धब पौडेल सदस्य रहने छन् । समितिमा कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिबाबु परियार पनि आमन्त्रित सदस्य हुने प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपाका मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णय
-
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
-
सिन्धुलीमा करेन्ट लागेर बालकको मृत्यु
-
आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति
-
कांग्रेस छाडेपछि स्वर्णीमले भने : देउवा-आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो
-
'कांग्रेस धेरै गतिलो भनेको होइन, तर थानको कपडा हो’