शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ‘ट्विटर ब्लु’ लागि ९५० रुपैयाँसम्म बुझाउनु पर्ने

बिहीबार, २६ माघ २०७९, ०९ : ५८
बिहीबार, २६ माघ २०७९

मुम्बई  । माइक्रोबलिंग प्लेटफर्म ट्विटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा टविटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ । बेब युर्जसको ट्विटर ब्लुका प्रयोगका लागि

मासिक ६५० भारतीय रुपैयाँ दिनु पर्ने नियम बनाएको तर मोबाइल प्रप्रयोगकर्ताले भने प्रति महिना ९५० भारतीय रुपैया दिनु पर्नेछ । एलन मस्कले पछिल्लो महिना ४४ मिलियन डलरमा टविटर खरिद गरेका थिए, उनले खरिद गर्ने बितिक्कै माइक्रो ब्लगिंग प्लेटफर्ममा धेरै परिवर्र्तन गरिरहेका छन ।

एलन मस्कले पछिल्ला दिनमा ट्विटर ब्लु सर्भिसका लागि यो जानकारी दिएका थिए कि ब्लु टिक लिने प्रयोगकर्ताका लागि शुल्क मात्रै दिईने छैन, सो शुल्क लिने प्रयोगकर्तालाई अतिरिक्त सुबिधासमेत दिइनेछ । 

ट्विटरले पछिल्ला दिनमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र जापानलगायत केही देशमा ट्विटर ब्लुको सेवा सुरु गरिसकेको छ । यी देशमा टविटरले ब्लु टिक सब्सक्रिप्सन शुल्क भनेर प्रति महिना ८ डलर लिदैँ आएको छ । जसअनुसार यी देशले प्रतिबर्ष अमेरिकन ८४ डलर टविटरलाई दिनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप