प्रधानसेनापतिद्वारा भट्टलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, २६ माघ २०७९, १४ : २४
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए ।
बिहीबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।
सोही अवसरमा, प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ४जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण