शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखकी बालसखा थिइन् अमृता सिंह : पहिलो फिल्मबाटै स्टार बनिन्

बिहीबार, २६ माघ २०७९, १४ : ०३
बिहीबार, २६ माघ २०७९

‘चमेली की शादी’, ‘मर्द’, ‘सूर्यवंशी’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरिसकेकी अमृता सिंह आज ६५ वर्षकी भइन् । अमृता एक प्रतिष्ठित परिवारकी थिइन्, त्यसैले उनलाई फिल्ममा आउन सङ्घर्ष गर्नुपरेन । सन् १९८३ मा पहिलो फिल्म बेताब सहजै पाइन्  तर उनले जीवनमा धेरै ठुला निर्णयहरू लिनु परेको थियो । करियरको सुरुवातमा उनको नाम विवाहित सन्नी देओलसँग जोडियो । आमाले सम्झाएपछि पनि सम्बन्ध कायम राखियो । त्यसपछि उनले आफूभन्दा १२ वर्ष कान्छा सैफ अलीसँग विवाह गरेकी थिइन्, ती व्यक्ति जो त्यति बेला फिल्ममा आउन सङ्घर्ष गरिरहेका थिए । करियरको उचाइमा रहे पनि वैवाहिक जीवनका लागि फिल्म छोड्नु उनको जीवनको दोस्रो ठुलो निर्णय थियो । उनले दुई सन्तानलाई एक्लै हुर्काइन् र त्यसपछि फिल्ममा फर्किन् । ९० को दशककी शीर्ष अभिनेत्रीले आमाको भूमिकामा पुनरागमन गरिन् ।

आज अमृताको जन्मदिनको विशेष अवसरमा उनको जीवन र यससँग सम्बन्धित धेरै ठुला निर्णयबारे जानकारी लिऔँ

amrita singh1ठुलो खानदानकी हुन् अमृता सिंह

अमृता सिंहको जन्म ९ फेब्रुअरी १९५८ मा पन्जाबको एक सिख परिवारमा भएको थियो । उनकी आमा रुख्साना सुल्ताना मुस्लिम थिइन्, जो आफ्नो जमानाको एक प्रसिद्ध राजनीतिज्ञ थिइन् । उनले सञ्जय गान्धीको नसबंदी अभियानको नेतृत्व गरेकी थिइन् ।

अमृताका बुवा शिविन्दर सिंह विर्क आर्मी अफिसर थिए । अमृताका जिजु बुवा शोभा सिंह नयाँ दिल्लीका प्रख्यात बिल्डर थिए । उनका जिजु बुवाकी कजिन बेगम पारा थिइन् । उनले दिलीप कुमारका दाइ नासिरसँग विवाह गरेकी थिइन् । यस्तोमा अमृता, बेगम पारा र दिलीप कुमारकी आफन्त हुन् ।

शाहरुख खानको बाल्यकालकी साथी हुन् अमृता

अमृता सिंहकी आमा रुखसाना र शाहरुख खानकी आमा लतिफ फातिमा खाना दुवै कांग्रेससँग आबद्ध थिए । यी दुईको राजनीतिक सिलसिलामा राम्रो दोस्ती भयो । अमृताले मोर्डन स्कुल पढिन् जहाँ शाहरुखकी दिदी शहनाज पनि पढ्थिन् । पारिवारिक सम्बन्ध भएकोले अमृता र शाहरुख बाल्यकालका निकै मिल्ने साथी थिए ।

सहजै पाएकी थिइन् फिल्ममा स्थान

खानदानी परिवारकी थिइन् त्यसैले अमृताले सजिलै फिल्ममा स्थान पाइन् । उनको पहिलो बेताब थियो जुन १९८३ मा रिलिज भएको थियो । यसमा सनी देओलले उनीसँग बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म निकै हिट भयो र अमृताले रातारात स्टारडम पाइन् ।

त्यसपछि, अमृता बेताब, सन्नी, चमेली की शादी, साहेब, खुदगर्ज, नाम जस्ता ठुला हिट फिल्महरूमा देखिइन् । अमृता एक यस्तो अभिनेत्री थिइन्, जसको जोडी ८० को दशकका शीर्ष कलाकार अमिताभ बच्चन, सनी देओल, सञ्जय दत्त, राज बब्बर, जितेन्द्र, विनोद खन्ना, अनिल कपूर जस्ता हरेक स्टारसँग जम्ने गर्दथ्यो ।

सहायक भूमिकाको लागि पाइन् पहिलो अवार्ड

मुख्य भूमिका बाहेक अमृताले ‘राजु बन गया जेन्टलम्यान’, ‘सूर्यवंशी’, आइना जस्ता धेरै फिल्ममा सहायक भूमिका निर्वाह गरिन् । अमृताले फिल्म आइनाका लागि सर्वश्रेष्ठ सहायक भूमिकाको लागि फिल्मफेयर अवार्ड प्राप्त गरिन् ।

amrita singh3विवाहित सन्नीसँगको मायामा पर्दा आमाले जताएकी थिइन् आपत्ति

सन्नी देओलले बेताबबाट डेब्यु गर्नुअघि नै विवाह गरिसकेका थिए, तर धर्मेन्द्र विवाहित ट्यागले उनको रोमान्टिक छविलाई धमिलो पार्न चाहँदैनथे । यस्तो अवस्थामा उनले सम्झौता अनुसार विवाहलाई गोप्य राखे । सन्नी फिल्ममा आएपछि पनि उनकी श्रीमती लन्डनमै बस्थिन् । जब अमृताले बेताबको सेटमा सन्नीलाई भेटिन्, सन्नीले उनलाई आफू विवाहित भएको बताएनन् । सँगै काम गर्दा यी दुईबीचको घनिष्ठता बढ्यो । केही समयपछि जब सन्नीको विवाहको खबर पत्रपत्रिकामा आयो तब उनले यसलाई अफवाह मात्र बताए ।

सन्नीकी आमा प्रकाश कौरले अमृतासँग डेट गरिरहेको थाहा पाएपछि उनले आपत्ति जनाइन् । पछि, जब यो पुष्टि भयो कि सन्नी वास्तवमै विवाहित थिए, अमृता नराम्रोसँग टुटिन् तर उनी सन्नीसँग सम्बन्ध कायम राख्न चाहन्थिन् । अमृता त राजी भइन्, तर उनकी आमा रुख्सानाले त्यसको कडा विरोध गरिन् । अन्ततः अमृता र सन्नी परिवारका लागि छुट्टिए ।

amrita singh4क्रिकेटर रवि शास्त्रीसँग पनि नाम जोडियो

सन्नी देओलसँग अलग भएपछि अमृता क्रिकेटर रवि शास्त्रीसँग रिलेसनमा रहेको खबर आएको थियो । रवि शास्त्रीको म्याच हेर्न अमृता प्रायः क्रिकेट स्टेडियम जान्थिन्, रविलाई अमृताको फिल्मको सेटमा पनि धेरै पटक देखियो । अमृता एक पटक दुबईको शारजाहमा खेल हेर्न गएकी थिइन् ।

ब्रेक अप पछि बयान बाहिरियो

पत्रिकाको कभर पेजमा अमृता र रविको तस्बिर आएपछि सम्बन्धको खबर झन् बढ्यो तर केही समयमै दुवै अलग भए । एक अन्तरवार्तामा रविलाई उनीहरूको सम्बन्ध बिग्रिएको कारण सोधिएको थियो । जवाफमा उनले घरमा मात्रै ध्यान केन्द्रित गर्ने महिलालाई विवाह गर्ने बताउँदै नायिकालाई कहिल्यै विवाह नगर्ने बताएका थिए ।

केही समयपछि अमृताले आफ्नो करियरमा फोकस गर्न चाहने भएकाले यो सम्बन्धलाई अगाडि बढाउन नसकेको बयान दिइन् । तर भविष्यमा आफू पक्कै पनि श्रीमती र आमा बन्ने पनि बताइन् ।

 

कसरी भएको थियो सैफ अली खानसँग पहिलो भेटघाट

यो सन् १९९० को कुरा हो जब फिल्म निर्माता राहुल रवैलले एक नयाँ केटालाई लन्च गर्नु अघि अमृतालाई फोटो सुटको लागि बोलाए । राहुलले कुनै नयाँ अनुहारलाई लन्च गर्नुअघि सधैँ उसको चर्चित सेलिब्रिटीसँग फोटो सुट गराउँथे । अमृता उक्त फोटो सुटका लागि ढिला हुँदा हडबडाउँदै पुगेकी थिइन् । ती नयाँ अनुहार सैफ अली खान थिए । त्यति बेला सैफलाई मंसुर अली खान पटौदी र शर्मिला टेगोरका छोराको रूपमा चिनिन्थ्यो । अमृताले सैफलाई नजरअन्दाज गरिदिइन् किनभने त्यति बेला सनी देओलजस्ता ठुला कलाकार पनि थिए । एउटा तस्बिरका लागि जब सैफले अमृताको काँधमा हात राखे तब उनले अचम्मको प्रतिक्रिया पाए । यस्तोमा दुवैको नजर एक–अर्कामा पर्‍यो ।

saifकसरी सुरु भयो प्रेम कथा ?

त्यति बेला सैफ आफ्नो पहिलो फिल्मको सुटिङ गरिरहेका थिए भने अमृतालाई स्टार मानिन्थ्यो । अमृता सैफभन्दा १२ वर्ष जेठी थिइन् । पहिलो भेट भएको केही दिनपछि सैफले अमृताको घरमा फोन गरे । सैफले अमृतालाई डिनरमा जान्छौ भनेर सोधे । अमृताले डिनरका लागि आफू बाहिर नजाने भन्दै प्रस्ताव अस्वीकार गरिन् ।  सैफले बिहानको खाना खान जाऔँ न त भनेर भन्दा पनि मानिनन् । यद्यपि, अमृताले उनलाई चाहेको खण्डमा उनको घरमा आएर डिनर गर्न भने सक्ने बताइन् ।

अमृता मेकअप बिना नै सैफको अगाडि आइन्

सैफ सोही दिन अमृताको घर पुगे । अमृताले मेकअप गरेकी थिइनन् । सैफले उनलाई याद गरेर हेरेपछि अमृताले जवाफ दिइन्, ‘तिम्रो लागि तयार हुनुपर्छ  भन्ने मलाई महसुस भएन । ’ यसबाट सैफलाई पक्कै दुख लागेको थियो तर उनले अमृता बिना मेकअप नै राम्रो लागिरहेको थियो । अमृताले सैफलाई थप भनिन्, ‘यदि तिमी हामीबीच केही होला भन्ने सोचेर यहाँ आएका छौ भने तिमी गलत सोचिरहेका छौ ।’

दुवैले कुरा गर्न थाले र दुवैको बीचमा राम्रो ट्विनिङ भयो । दुवैले एक अर्कालाई चुम्बन गरे र यससँगै सैफले पनि अमृतालाई आफ्नो प्रेम व्यक्त गरे । अमृताले पनि उनको प्रस्ताव स्वीकार गरिन् । यसपछि सैफ अमृताको घरमा दुई दिन बसे । यो कथा सैफ र अमृताले सिमी गरवालको च्याट शोमा सुनाएका थिए ।

घर फर्किँदा सैफले अमृतासँग १०० रुपैयाँ उधारो मागे

दुई दिनपछि निर्माताले लगातार फोन गरेपछि सैफ मन मारेर सुटिङका लागि गए ।  सैफसँग पैसा थिएन, त्यसैले उनले अमृतालाई सेटमा पुग्न १०० रुपैयाँ उधारो लिए । अमृताले उनलाई आफ्नो कार प्रयोग गर्न सक्ने बताइन् तर सैफले मानेनन् र १०० रुपैयाँ लिएर गए ।

amrita singh2धर्म परिवर्तन गरेर नवाब परिवारमा विवाह गरेपछि इन्डस्ट्री छाड्नुपर्‍यो

सन् १९९१ मा सैफ अली खान र अमृताले एक दिन विवाह गर्ने निर्णय गरे र त्यसको २ दिनपछि नै विवाह गरे । नवाब परिवारमा विवाह गर्न अमृताले धर्म परिवर्तन गरिन् । विवाह लगत्तै अमृताले इन्डष्ट्रिबाट टाढै रहने निर्णय गरिन् । जबकि उनीसँग धेरै नै फिल्मका अफर थिए र उनी करियरको शीर्ष स्थानमा थिइन् । विवाहको ४ वर्षपछि अमृताले छोरी सारा अली खानलाई जन्म दिइन्, त्यसपछि उनको एउटा छोरा इब्राहिम अली खान भयो ।

सन्तान जन्मेको केही वर्षपछि सैफ र अमृताबीच झगडा सुरु भयो र सन् २००४ मा दुवैको सम्बन्ध विच्छेद भयो । रिपोर्टका अनुसार डिभोर्सको कारण इटालियन मोडल रोजा क्याटालानो थिइन्, जससँग सैफको अफेयर थियो । सैफले डिभोर्सका लागि अमृतालाई ५ करोड भारु तिर्नु परेको थियो तर पैसाको अभावका कारण उनले २.५ करोड मात्रै तिर्न सके । यसबाहेक सैफले छोरा इब्राहिम १८ वर्ष नपुग्दासम्म अमृतालाई महिनामा १ लाख रुपैयाँ दिएका थिए ।

वर्षौँपछि एक्सका भाइकी आमा बनेर गरिन् कम ब्याक

अमृता सिंहले सन् २००२ मा फिल्म २३ मार्च १९३१ः शहीद बाट वर्षौँ पछि कम ब्याक गरिन् । यस फिल्ममा बबी देओलले मुख्य भूमिका निभाएका थिए, जो अमृताका पूर्व प्रेमी सनीका भाइ हुन् । यसपछि अमृताले एकता कपूरको सो काव्यञ्जलीमा नकारात्मक भूमिका खेल्ने मौका पाएकी थिइन्, जसमा उनलाई निकै रुचाइएको थियो ।

amrita singh5सैफको विवाहका लागि छोरीलाई श्रृङ्गारिन्

सन् २०१२ मा जब सैफ अली खानले करीना कपूरसँग बिहे गरिरहेका थिए, उनले अमृताको घरमा पनि निम्तो दिएका थिए । निमन्त्रणा पाएपछि अमृताले डिजाइनर अबु जानी र सन्दीप खोसलालाई बोलाएर साराका लागि सबैभन्दा सुन्दर लेहेंगा अर्डर गरिन् । साथै अमृताले सारालाई आफ्नो बैङ्क लकरमा लिएर गइन्, जहाँबाट उनले साराका लागि केही गहना निकालिन् । यो कुरा सारा अली खानले हेलो म्यागजिनलाई दिएको अन्तर्वार्तामा बताएकी हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप