गुल्मीको मालिकामा ७ हजार जनाको निःशुल्क आँखा परीक्षण
गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्न सुरु गरेको छ ।
पालिकाले विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर नागरिकको उपचार गर्न सुरु गरेको हो । उक्त गाउँपालिकाका ८० वर्षीय कविराम बुढाले पालिकाको आँखा शिविरमा निःशुल्क शल्यक्रिया गर्न पाउँदा आँखामा ज्योति आएको बताए ।
यस्तै मालिका ४ अर्खबाङ्खका ५५ वर्षी यामबहादुर दजीले गाउँपालिकाका शिविरमा आँखाको मोतिया विन्दुको उपचारपछि निको भएको बताए । पालिकाले दुई दिन सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४२ जनाको आँखाको शल्यक्रिया गरिएको र बाँकी १९ जनालाई सदरमुकाम तम्घास ल्याएर शल्यक्रिया गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिए ।
हालसम्म पालिकाका ७ हजारभन्दा बढी मानिसहरूको निःशुल्क आँखा परीक्षण र दुई सय ५० जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको भुसालले बताए । पछिल्लो पटक माघ २४ र २५ गते वडा स्तरसम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर गरिएको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण