आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको मालिकामा ७ हजार जनाको निःशुल्क आँखा परीक्षण

शुक्रबार, २७ माघ २०७९, १४ : ४९
शुक्रबार, २७ माघ २०७९

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले आफ्ना नागरिकको निःशुल्क उपचार गर्न सुरु गरेको छ ।

पालिकाले विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेर नागरिकको उपचार गर्न सुरु गरेको हो । उक्त गाउँपालिकाका ८० वर्षीय कविराम बुढाले पालिकाको आँखा शिविरमा निःशुल्क शल्यक्रिया गर्न पाउँदा आँखामा ज्योति आएको बताए । 

यस्तै मालिका ४ अर्खबाङ्खका ५५ वर्षी यामबहादुर दजीले गाउँपालिकाका शिविरमा आँखाको  मोतिया विन्दुको उपचारपछि निको भएको बताए । पालिकाले दुई दिन सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४२ जनाको आँखाको शल्यक्रिया गरिएको र बाँकी १९ जनालाई सदरमुकाम तम्घास ल्याएर शल्यक्रिया  गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिए । 

हालसम्म  पालिकाका ७ हजारभन्दा बढी मानिसहरूको निःशुल्क आँखा परीक्षण र  दुई सय ५० जनाको मोतिया विन्दुको  शल्यक्रिया गरिएको भुसालले बताए । पछिल्लो पटक माघ २४  र २५  गते वडा स्तरसम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर गरिएको पालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप