जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गण्डकी गाउँपालिकाको निर्णय
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वि.सं. २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गर्दै औपचारिक रूपमै मनाउने निर्णय गरेको हो ।
जनयुद्ध दिवसको अवसरमा राज्य पक्ष र विद्रोही पक्षबाट मारिएकाको परिवारका साथै घाइते तथा अपाङ्गलाई सम्मान गर्ने समेत तयारी भएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।
आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन माओवादी जनयुद्धकै योगदान रहेको उल्लेख गर्दै तिमल्सिनाले इतिहासको सम्मान गर्न सार्वजनिक बिदा दिइएको बताए । उनले सम्पूर्ण सहिद, घाइते, अपांग र बेपत्ताहरूको गाउँपालिकाले सम्मान गर्ने भन्दै सोहीअनुसार जनयुद्ध दिवसका दिन कार्यक्रम गरेर कदर गर्न लागिएको बताए । तिमल्सिना माओवादी केन्द्रको टिकटबाट गत स्थानीय तह निर्वाचनमा विजयी भएका थिए ।
गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘फागुन १ गते सोमबार जनयुद्ध दिवसको अवसरमा गाउँ कार्यपालिकाको मिति २०७९–१०–२५ गतको निर्णय बमोजिम गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय अन्तरगतका कार्यालय र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण