महासचिव गुरुङले भने– अखिल क्रान्तिकारीको विवाद आधिकारिक कमिटीले टुंगो लगाउँछ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अखिल क्रन्तिकारीको विवाद अखिल क्रान्तिकारीको आधिकारिक कमिटीले टुंगो लगाउने बताएका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा समानान्तर कमिटी सञ्चालन भई अराजकता निम्तिन थालेपछि संगठन एक बनाउन स्थायी समितिले निर्देशन दिएको गुरुङले बताए ।
अहिलेकै कमिटीमा सबै संगठन एकीकृत भएमा त्यसरी सहमति गरेर जाने निर्णय भएको गुरुङले बताए । यदि अहिलेको कमिटीमा सबै संगठन एकीकृत हुन नसकेमा कुनै एक नेताको नेतृत्वमा आयोजक समिति बनाएर जान निर्देशन दिएको उनले बताए ।
‘संगठन एकीकृत बनाएर जाने सवालमा विद्यार्थी संगठनले गरेको निर्णय नै आधिकारिक हुने भएको छ । अहिले विद्यार्थीको निर्णय विद्यार्थीमै गएर गर्ने हो । पार्टीले पहल गर्ने कुरा २ भन्दा बढी समानान्तर कमिटी बनाउनुहुँदैन भन्ने हो । यसरी अलग थलग तरिकाले संगठन बनाउनु राम्रो हुँदैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘अब सबैलाई बोलाएर एउटै संरचनामा ल्याउन पहल हुनेछ । सबैलाई पुरानै संरचनमा सहमति जुटाउँदा सहमति भएमा राम्रो भयो । यदि सहमति भएन भने कुनै एक जनाको नेतृत्वमा आयोजक समिति बनाएर जाने अवस्थामा जाने हुनसक्छ ।’
पहिलेकै कमिटीमा संगठन एकीकृत हुन नसकेमा कुनै एक नेताको नेतृत्वमा आयोजक समिति बनाएर सम्मेलनमा जाने तयारी भैरहको महासचिव गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण