आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विदेशी अधिकारीसँग विकास आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्र पौड्याल

शुक्रबार, २७ माघ २०७९, १८ : ३४
शुक्रबार, २७ माघ २०७९

काठमाडौं । परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरुसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।  

शुक्रवार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरुसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताएकी हुन् ।   

उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् । मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनैपनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।  

उनले आफूहरूले मित्रराष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन् । विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप