भूकम्प प्रभावितको उद्धारमा सघाउन श्रीलङ्काले सैनिक टोली टर्की पठाउँदै
शुक्रबार, २७ माघ २०७९, २१ : ३६
कोलम्बो । श्रीलङ्काले भूकम्प प्रभावित टर्कीमा उद्धारमा सघाउन सैनिक टोली पठाउने भएको छ ।
राष्ट्रसङ्घीय मानवीय कार्यमा सघाउन सैनिक चिकित्सक एवम् इन्जिनियर पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा प्रधानमन्त्री दिनेश गुणवर्द्धनेको अध्यक्षतामा बिहीबार राति भएको मानवीय सहायताको व्यवस्थासम्बन्धी छलफलमा उक्त निर्णय भएको हो ।
उक्त निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीका सचिव अनुरा दिसानायकेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार लेबनानमार्फत सिरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल भएको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण