शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

प्रणय दिवस मनाऊँ कसरी ?

शनिबार, २८ माघ २०७९, १३ : ००
शनिबार, २८ माघ २०७९

धर्तीमा छौ कि 
आकाशमा छौ
जलमा छौ कि 
पलमा छौ 
भन तिमी कहाँ छौ ?

दिनमा छौ कि 
रातमा छौ
पहाडमा छौ कि 
तराईमा छौ
भन तिमी कहाँ छौ ?

बग्ने यी अश्रुभित्र छौ कि
नबग्ने यो रोदनसँगै छौ
नदेखिने अँध्यारो भित्र छौ कि 
प्रकाशित यो पुञ्जभित्र छौ
भन तिमी कहाँ छौ ?
कवितामा लेखिन्न तिमीलाई
भावमा पोखिन्न प्रणयलाई
कहाँ खोजु ?
कहाँ भेटु ?
भन तिमी कहाँ छौ ?

मनको संघारमा नियाले तिमीलाई
वनको जङ्घारमा खोजे तिमीलाई
प्रेमको दियो बालेर 
आफैभित्र समाएँ तिमीलाई
तर, पनि पाइनँ तिमीलाई
भन तिमी कहाँ छौ ?

मेरो जीवनको प्राण हौ तिमी 
मेरो आत्माको धड्कन हौ तिमी  
तिमी प्रेम हौ,
तिमी स्नेह हौ
यो चराचरको अस्तित्व हौ तिमी
दिलभित्र बसेको तिमीलाई बिर्सी
भन, 
प्रणय दिवस मनाऔं कसरी ?

भक्तपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा दुलाल
रमा दुलाल
लेखकबाट थप