कविता
प्रणय दिवस मनाऊँ कसरी ?
शनिबार, २८ माघ २०७९, १३ : ००
धर्तीमा छौ कि
आकाशमा छौ
जलमा छौ कि
पलमा छौ
भन तिमी कहाँ छौ ?
दिनमा छौ कि
रातमा छौ
पहाडमा छौ कि
तराईमा छौ
भन तिमी कहाँ छौ ?
बग्ने यी अश्रुभित्र छौ कि
नबग्ने यो रोदनसँगै छौ
नदेखिने अँध्यारो भित्र छौ कि
प्रकाशित यो पुञ्जभित्र छौ
भन तिमी कहाँ छौ ?
कवितामा लेखिन्न तिमीलाई
भावमा पोखिन्न प्रणयलाई
कहाँ खोजु ?
कहाँ भेटु ?
भन तिमी कहाँ छौ ?
मनको संघारमा नियाले तिमीलाई
वनको जङ्घारमा खोजे तिमीलाई
प्रेमको दियो बालेर
आफैभित्र समाएँ तिमीलाई
तर, पनि पाइनँ तिमीलाई
भन तिमी कहाँ छौ ?
मेरो जीवनको प्राण हौ तिमी
मेरो आत्माको धड्कन हौ तिमी
तिमी प्रेम हौ,
तिमी स्नेह हौ
यो चराचरको अस्तित्व हौ तिमी
दिलभित्र बसेको तिमीलाई बिर्सी
भन,
प्रणय दिवस मनाऔं कसरी ?
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण