याहूद्वारा कर्मचारीको सङ्ख्यामा ठूलो कटौतीको घोषणा
न्यूयोर्क । प्राविधिक कम्पनी याहूले आमूल परिवर्तन योजनाअन्तर्गत आफ्नो कूल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने भएको छ । कम्पनीमा ८ हजार ६ सय जनाले काम गर्छन्।
याहूले आफ्नो विज्ञापन इकाईलाई पुनर्गठन गर्दैछ र यसको कारणले गर्दा वर्षको अन्त्यसम्ममा यस विभागका आधाभन्दा बढी मानिसहरूले आफ्नो जागिर गुमाउनेछन्। कम्पनीको पुनर्संरचनाको काम सुरु भइसकेको र यो साताको अन्त्यसम्ममा करिब एक हजार कर्मचारी जागिर कटौतीबाट प्रभावित भएका छन् ।
कम माग, उच्च मुद्रास्फीति र बढ्दो ब्याजदरसँग संघर्ष गरिरहेका कम्पनीहरूबीच यस सम्बन्धमा याहूको घोषणा पछिल्लो हो। कम्पनीका एक प्रवक्ताले बीबीसीलाई भने, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन्, तर हामी विश्वास गर्छौं कि दीर्घकालीन रूपमा यी परिवर्तनहरूले हाम्रो विज्ञापन व्यवसायलाई बलियो बनाउनेछ र याहूलाई आफ्ना ग्राहक र साझेदारहरूलाई अझ राम्रो मूल्य प्रदान गर्न सक्षम बनाउनेछ।’
निजी इक्विटी फर्म अपोलो ग्लोबल म्यानेजमेन्टले सन् २०२१ मा याहूलाई पाँच अर्ब डलरमा किनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण