सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

'सन्दीप–फिक्सिङ'को पाटोलाई भुलेर उत्कृष्ट प्रदर्शनको अपेक्षा

आइतबार, २९ माघ २०७९, ०७ : ४६
आइतबार, २९ माघ २०७९

काठमाडाैँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्नेमा दुई मत छैन । उनको खेल कौसल र उनी टोलीमा हुँदा टिममा पर्ने विश्वासको वातावरणलाई मध्यनजर गर्दै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले टिममा राखे । 

देशाइले आफूले सन्दीपको खेल बुझेको र उनलाई टिममा आवश्यक ठानेको भन्दै टिममा राखे । सन्दीप अहिले सिरिजको मुख्य विन्दु हुन् । उनलाई हेर्नकै लागि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धेरै दर्शकहरूको माहौल देखिनेछ । 

यस्तो अवस्थामा सन्दीप स्वयमले कस्तो प्रदर्शन गर्छन् भन्ने प्रश्न आउँछ । नबालिका बलात्कार आरोपमा तीन महिना हिरासतमा रहेका सन्दीपलाई पाटन उच्च अदालतले हिरासतमा राखिराख्न नपर्ने भन्दै उनलाई थुना मुक्त गरिएको थियो । 

त्यसपछि सन्दीप अहिले टिममा परेका छन् । सन्दीपलाई घरेलु मैदानमा हुने प्रतियोगिताहरू खेल्न दिने क्यानले निर्णय गरेको छ । उनको आगमनले टिममा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ । 

sandeep

मुख्य प्रशिक्षक मोन्टी देशाइले सन्दीप टिममा हुँदा टिमको प्रदर्शनमा सुधार आउने र उनी टिममा राख्नै पर्ने खेलाडी भएको बताएका छन् । 

‘सन्दीप टिमको लागि आवश्यक खेलाडी हुन् । उनको आवश्यकता देखेर नै मैले टिममा राखेको हुँ । उनको खेल राम्रोसँग बुझेको छु । त्यसैले पनि उनको आवश्यक सोचेर टिममा राखेको हो,’ देशाइले भने ।

monti

यता सन्दीप स्वयमलाई पनि उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । लामो समय पछि टिममा परेका सन्दीपको प्रदर्शनको आकलन राम्रो या नराम्रो दुवै पक्षबाट गर्न सकिन्छ । उनी प्रति लागेको आरोपको कति दबाब छ भन्ने एउटा पाटो आउँछ भने अर्को पाटोमा उनले टिमले दिएको अवसरलाई कसरी सदुपयोग गरिरहेका छन् भन्नेमा छ । 

कस्तो छ टिमको तयारी ?  

नेपाललाई एक दिवसीय मान्यता जोगाइ राख्न चुनौती छ । नेपालले त्यसको लागि आईसीसी विश्वकप लिग २ अन्तर्गत सबै खेलहरू जित्न आवश्यक छ । त्यसको पहिलो पाटो भनेको अहिले टिमले घरेलु मैदानमा हुने सिरिजका सबै खेलहरू जित्न आवश्यक छ । 

त्यसका लागि नेपाली टोलीका मुख्य केन्द्र विन्दु भनेको मुख्य प्रशिक्षक देशाइ र सन्दीप हुन् । दुवै अहिलेको त्रिदेशीय सिरिजका लागि तयारी छन् । दुबैका लागि यो सिरिज चुनौती र अवसरका रूपमा हुनेछ । 

नेपाली टोलीका खेलाडी सोमपाल कामीले नेपालले घरेलु मैदानमा खेल्नका लागि निकै उत्साहित भएको र रिजल्ट पनि राम्रो रिजल्ट आउँछ भन्ने कुरामा पनि आफू विश्वस्त भएको बताए । नयाँ कुराहरू सिक्न पाएको र हिले टिममा रहेको सकारात्मक पाटोले गर्दा टिमको प्रदर्शनमा सुधार आउने आशावादी भएको बताए । 

फिक्सिङको विवादलाई मेटाउने अर्को पाटो भनेको सन्दीप लामिछानेको आगमन पनि हो । राष्ट्रिय टोलीमा रहेको स्पिनरको खाँचो र उनको पुनरागमनले पनि टिममा सकारात्मक असर पर्नेछ । 

‘टिममा अहिले एकदमै राम्रो माहौल छ । घरेलु मैदानमा हुन लागेको सिरिज भएकाले पनि हामीलाई सकारात्मक ऊर्जा आउँछ । अहिलेको प्रशिक्षकले एकदमै राम्रो वातावरण बनाउनु भएको छ । हामी उत्कृष्ट प्रदर्शनका लागि तयारी पनि छौँ,’ सोमपालले भने । 

यता नेपाली टोलीका प्रशिक्षक देशाइले पनि नेपाली टिमलाई आफूले पहिले देखि निहाली रहेको हुनाले अहिले केही फरक नहुने बताएका छन् । उनले आफूले एक राम्रो टिम पाएको र त्यसलाई उत्कृष्ट नतिजा ल्याउनका लागि उत्साहित भएको बताए । 

‘नेपाली टिमको खेल पहिले पनि हेरिरहेको थिए । अहिले टिम नै सम्हाल्न पाएको छ । नेपालको एक दिवसीय मान्यता जोगाउन मसँगै पूरै टिम लागि पर्नेछ । हेरौँ सबै ठिक हुनेछ,’ देशाइले भने । 

फिक्सिङको असर खेलमा देखिन्छ ? 

नेपाली क्रिकेट खेलाडीहरूमा नेपाल टी–ट्वान्टी लिगमा भएको फिक्सिङको विषयले केही असर गर्छ भन्ने आकलन गर्न थालिएको छ । टिमका खेलाडीहरू नै सीआईबीको घेरामा रहेको समयमा टिमको प्रदर्शनमा पनि असर पर्छ कि भन्ने आकलन गर्नु स्वभाविक हो । 

तर, टिममै रहेर प्रशिक्षण गरिरहेका सोमपाल कामीको भनाइ हेर्दा त्यो असर देखिन्छ जस्तो छैन । नेपाली टोलीलाई सम्हालिरहेका प्रशिक्षक देशाइले पनि टिममा राम्रो प्रभाव पारिरहेको देखिन्छ । 

प्रतियोगिता फरक भएका कारण पनि टिममा फिक्सिङ असर देखिने छैन । उसो त टिमकै खेलाडी फिक्सिङ विवादमा तानिँदा टिममा असर नपर्ने भन्ने हुँदैन तर, टिमको प्रदर्शनमा भने असर देखिने छैन । टिममा रहेका खेलाडीहरू पनि हालसम्म फिक्सिङ विवादमा नतानिएका कारण टिमले उत्कृष्ट प्रदर्शन गर्नेछ । 

फिक्सिङको विवादलाई मेटाउने अर्को पाटो भनेको सन्दीप लामिछानेको आगमन पनि हो । राष्ट्रिय टोलीमा रहेको स्पिनरको खाँचो र उनको पुनरागमनले पनि टिममा सकारात्मक असर पर्नेछ । 

नेपाली टोलीले फागुन दुई गतेबाट नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय एक दिवसीय क्रिकेट खेल्दैछ । नेपालले नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक देशाइले सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा सन्दीपलाई समेट्दै १४ सदस्यीय टोली घोषणा गरिसकेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप