६ महिनामा ९४ अर्ब २१ करोडको धितोपत्र सूचीकृत
आइतबार, २९ माघ २०७९, १६ : ३३
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा ९४ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । अर्थ मन्त्रालयले आज चालू वर्षको बजेटको अर्धवार्षिक समिक्षा गर्दै पुस मसान्तसम्ममा उक्त मूल्य बराबरका धितोपत्र सूचीकृत भएको जानकारी दिएको हो ।
यस अवधिसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २४९ वटा कम्पनी सूचीकृत भएको समेत अर्धवार्षिक समीक्षामा देखाइएको छ । अघिल्लो वर्ष २०७८ सालको पुस मसान्तमा नेप्से परिसूचक २८५७ अंकमा थियो । जबकि, आजको दिनमा नेप्से परिसूचक ७३६ अंकले घटेर २१२१ अंकमा आइपुगेको छ ।
हाल नेप्सेका कूल बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण