सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढिरहेको छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विश्वास र अविश्वासको अन्तरद्वन्द्वबाट अघि बढेको टिप्पणी गरेका छन् । केन्द्रीय बागमती प्रदेश समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले ढुक्कको स्थिति भने नभएको स्पष्ट पारे ।
सरकारले विश्वासको मत पाएपछि अविश्वास सृजना भएको प्रचण्डले बताए । ‘हामीले जुन दिन झण्डै सतप्रदेशत विश्वासको मत प्राप्त गरियौं । त्यतिबेलादेखि नै अविश्वास सृजना भयो’ प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी चुनौति र अवसरको दोसाँधमा भएको अवस्थामा केही गरेर छोड्ने संकल्प दिनुपर्ने छ ।’
राष्ट्रपतिका विषयमा एक शब्द उल्लेख नगरेका प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा चयन गर्नुपर्ने आशय व्यक्त गरेको ती केन्द्रीय सदस्यले बताए । विगतका अनुभवलाई समेत केलाउँदा सबै दलको सहमति भएमा अघि बढ्नुपर्ने बताएको प्रचण्डले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण