बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

योगेशको टिप्पणी–अलग बिदा दिएर वैचारिक ध्रुवीकरणमा नफसाऔँ’

आइतबार, २९ माघ २०७९, २१ : १३
आइतबार, २९ माघ २०७९

काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि टिका टिप्पणी सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा  गरेको एक हप्ता नबित्दै आइतबारको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि विभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । 

यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन् । 

 ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समष्टि र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ, अरू सबै यसकै अधीनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन्, ‘फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक धुर्बिकरणमा नफसाऔँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप