जनयुद्धको उपलब्धिहरूलाई संस्थागत गर्ने दायित्व नयाँ पुस्ताको काँधमा : पञ्चा सिंह
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आई पुगेको बताएकी छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सिंहले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको जिकिर गरेकी हुन् ।
उनले भनेकी छन्, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२-६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुई मत हुनै सक्दैन ।’
उनले २८औँ जनयुद्ध दिवसको सन्दर्भमा न्याय समानता र स्वतन्त्रता प्राप्तिको लागि त्याग समर्पण र बलिदानको कीर्तिमान खडा गरेको युवा पुस्ता आजको बदलिँदो सन्दर्भमा सुशासन, समृद्धि र स्थायित्वको जग बसाउन राष्ट्रिय दायित्व बोकेर अगाडि बढ्ने सामूहिक सङ्कल्प जरुरी रहेको औँल्याएकी छन् ।
_2FWcQ79YKG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण