एक्सन फिल्म गर्ने पुष्पको चाहना
काठमाडौंँ । पछिल्लो समयका ब्यस्त अभिनेता हुन् पुष्प खड्का । उनी अभिनित फिल्म लगातार रिलिज भइरहेको छ । गत शुक्रबार रिलिज भएको ‘मनसँग मन’ समेत गरेर यो वर्ष उनका तीन फिल्म रिलिज भएको छ । ‘मनसँग मन’ अगाडि ‘कृष्णलीला’ र ‘तिम्रो मेरो साथ’ आएको थियो । दुःखको कुरो तीनै फिल्मले दर्शक पाउन सकेन ।
तीनमध्ये कुनै फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकले रुचाए भने कुनैबाट उनलाई फिल्म छान्न नजानेको आरोप पनि लाग्यो ।
त्यसैले पनि होला अहिले पुष्पलाई केही नयाँ गर्न मन लागेको छ । जसका लागि उनले एक्सन रोजेका छन् । हालै मिडियासँगको भेटमा पनि उनले धेरै थरिको भूमिका निर्वाह गरिसकेकोले एक्सन गर्न मन लागेको बताएका थिए । आफुले खोजेजस्तो एक्सन फिल्म अहिलेसम्म नपाएको बताएका उनले एक्सनमा आफुले केही गर्न सक्ने समेत दाबी गरेका थिए । पुष्प फिल्मको अलवा म्यूजिक भिडियोमा समेत व्यस्त रहने कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण