एक्सन फिल्म गर्ने पुष्पको चाहना

काठमाडौंँ । पछिल्लो समयका ब्यस्त अभिनेता हुन् पुष्प खड्का । उनी अभिनित फिल्म लगातार रिलिज भइरहेको छ । गत शुक्रबार रिलिज भएको ‘मनसँग मन’ समेत गरेर यो वर्ष उनका तीन फिल्म रिलिज भएको छ । ‘मनसँग मन’ अगाडि ‘कृष्णलीला’ र ‘तिम्रो मेरो साथ’ आएको थियो । दुःखको कुरो तीनै फिल्मले दर्शक पाउन सकेन ।
तीनमध्ये कुनै फिल्ममा उनले निर्वाह गरेको भूमिका दर्शकले रुचाए भने कुनैबाट उनलाई फिल्म छान्न नजानेको आरोप पनि लाग्यो ।
त्यसैले पनि होला अहिले पुष्पलाई केही नयाँ गर्न मन लागेको छ । जसका लागि उनले एक्सन रोजेका छन् । हालै मिडियासँगको भेटमा पनि उनले धेरै थरिको भूमिका निर्वाह गरिसकेकोले एक्सन गर्न मन लागेको बताएका थिए । आफुले खोजेजस्तो एक्सन फिल्म अहिलेसम्म नपाएको बताएका उनले एक्सनमा आफुले केही गर्न सक्ने समेत दाबी गरेका थिए । पुष्प फिल्मको अलवा म्यूजिक भिडियोमा समेत व्यस्त रहने कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
१० बजे १० समाचार : उपसभामुख हटाउने विषय फेरि चर्चामा, सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो