शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
समाचार

बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : दोहोरो झडपमा प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार

सोमबार, ०१ फागुन २०७९, १३ : ४२
सोमबार, ०१ फागुन २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । 

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?