शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
समाचार

माछापोखरीको प्रदर्शन सामान्यतर्फ

सोमबार, ०१ फागुन २०७९, २० : ५५
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । बालाजुस्थित माछापोखरीमा यातायात मजदुरहरुले गरेको प्रदर्शन नियन्त्रणमा आएको छ । सोमबार दिउँसोबाट मजदुरहरुले गरेको प्रदर्शन अहिले नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । 

‘प्रदर्शन अहिले कन्ट्रोल भएको छ’ एसपी रिजालले भने । बालाजु बसपार्कमा रोकिएका सार्वजनिक सवारी पनि गन्तव्य तर्फ लागेका छन् । बालाजु–माछापोखरी क्षेत्रमा सवारी साधन चल्न थालेका छन् । बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, पंकल मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरुलाई अक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर संगठनहरुले दावी गरेका छन् ।

machhapokhari-pradrasan (2) 
३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर मंगलबारदेखि उपत्यकामा सार्वजनिक सवारी बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारी साधन बन्द गर्ने जानकारी दिएका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

machhapokhari-pradrasan (1)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप