माछापोखरीको प्रदर्शन सामान्यतर्फ
काठमाडौँ । बालाजुस्थित माछापोखरीमा यातायात मजदुरहरुले गरेको प्रदर्शन नियन्त्रणमा आएको छ । सोमबार दिउँसोबाट मजदुरहरुले गरेको प्रदर्शन अहिले नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
‘प्रदर्शन अहिले कन्ट्रोल भएको छ’ एसपी रिजालले भने । बालाजु बसपार्कमा रोकिएका सार्वजनिक सवारी पनि गन्तव्य तर्फ लागेका छन् । बालाजु–माछापोखरी क्षेत्रमा सवारी साधन चल्न थालेका छन् । बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, पंकल मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरुलाई अक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर संगठनहरुले दावी गरेका छन् ।
३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर मंगलबारदेखि उपत्यकामा सार्वजनिक सवारी बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारी साधन बन्द गर्ने जानकारी दिएका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_MPPwEDyhVY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण