आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विभिन्न ३ स्थानमा भायानेटको नयाँ शाखा

मङ्गलबार, ०२ फागुन २०७९, १० : २३
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । भायानेट कम्युनिकेसनले  दाङको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। यस्तै कम्पनीले मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा नयाँ शाखा विस्तार गरेको हो । 

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने व्यवस्था गरिएको छ । 

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१–२०१५ प्रामाणिक कम्पनी हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप