कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ ।
मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै २८७ रन बनायो ।
नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो । नेपालका लागि कुशलले शतकीय पारी खेले । ११३ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए ।
नेपालका लागि रोहित कुमार पौड्लले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । नेपालका लागि सन्दीप जोराले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे । त्यस्तै करण केसीले २० रन बनाए ।
नामिबियाका लागि रुबेन र कार्ल ब्रेनस्टोकले तीन तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो ।
नामिबियका लागि भान लिंगेनले शतकीय पारी खेले । १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए । गेहार्ड इरमुसले अर्धशतकीय पारी खेले । ७९ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए ।
त्यस्तै जेन ग्रिनले ३४ रन बनाउँदा जान फ्रिलिङ्कले १५ रन जोडे । नेपालका लागि करण केसीले पाँच विकेट लिए । एकदिवसीय क्रिकेटमा करण एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो ।
त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण