हाम्रो एक्जाममा पढेर पनि पास हुने एसईई विद्यार्थीको पैसा फिर्ता
काठमाडौँ । एसईई दिइरहेका विधार्थीहरुलाई सहयोग होस् भनेर हाम्रो एक्जामले आफ्नो विभिन्न विषयहरुको रेकर्डेड क्लास सञ्चालनमा ल्याएको छ, जसबाट हाम्रो एक्जामको मोबाइल एप मार्फत विद्यार्थीहरूले हरेक विषयका हरेक पाठहरू पढ्न सक्ने छन्।
नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइएको र विभिन्न परीक्षाको पुरा अभ्यास गराइएका भिडियो साथमा हरेक हप्ता सम्बन्धित शिक्षकले निःशुल्क रूपमा समस्याहरु प्रत्यक्षे समाधान गर्ने हाम्रो एक्जामका शैक्षिक विभाग प्रमुख रावादिप नेपालले बताए। मुख्यतः बढी विद्यार्थी फेल हुने विषयहरू गणित ,अङ्ग्रेजी,विज्ञान,कम्प्युटर ,सामाजिक लगायतका छन् । एसईई को अन्तिम चरणमा भएकोले आउने शनिवार देखि निःशुल्क हरेक विषयको रिभिजन क्लास सञ्चालन गरिने सञ्चालक कृष्ण गुरागाईँले जानकारी दिए ।
हाम्रो एक्जामको मुख्य उद्देश्य बिद्यार्थीलाइ पढाइमा सहयोग गर्ने रहेको छ ,जसले हरेक विद्यालय र विद्यालयले सिफारिस गरेका गरिब, जेहेन्दार तथा पछाडि परेका विद्यार्थीलाई निःशुल्क रूपमा छात्रवृत्ति स्वरूप क्लास उपलब्ध गराउने जानकारी सञ्चालक डा. राजु कुशवाहाले दिए। एसईईसम्म हरेक साता एक्जाम सेट क्वेसनको लेख्ने प्राक्टिस र पृष्ठ पोषण गरिने छ। हाललाई अङ्ग्रेजी, कम्पलसरी म्याथ, अप्सनल म्याथ, इंङ्लिस, म्याथ, साइन्स र कम्प्युटरको पूर्ण क्लास तथा रिभिजन क्लास सञ्चालन भई रहेको छ।
हाम्रो एक्जाममा पढेर पनि पास हुन नसक्ने विद्यार्थीले आफुले तिरेको रकम कम्पाड़को नतिजा सार्बजनिक भए पश्चात फिर्ता पाउने छन् |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण