नेपालमा थप हवाई रुट खुलाउन भारतीय विदेश सचिवसँग नेता खाणको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि सहयोग गर्न भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग आग्रह गरेका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका नेता खाणले भारतीय सचिव कोत्रासँगको भेटमा सो आग्रह गरेका हुन् । नेपाल भ्रमणमा रहेका क्वात्रा मंगलबार नेता खाणसँग भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमण आएका बेला थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराउँदै नेता खाणले त्यसका लागि पहल गर्न सचिव क्वात्रालाई आग्रह गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनले सो भेटमा लुम्बिनी विकास कोषको गुरुयोजनाको बारेमा पनि स्मरण गराएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण उनले गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण