अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको थियो।
वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै सेवाहरुमा ३० प्रतिशत छुटको ब्यवस्था गरेको छ।
वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरुको उपचारमा कुनै पनि कन्जुस्याई नगर्ने बताए।
आगामी दिनमा अस्पताल स्तरउन्नति र सेवा विस्तार आफूहरुको प्रमुख प्राथमिकतामा रहेको उनले बताए । उनले आफ्ना सम्पूर्ण सेवाग्राहीहरुले गरेको विश्वास स्मरण गर्दै सबैलाई धन्यवाद समेत दिए।
अल्का अस्पतालले नयाँ नयाँ प्रविधि भित्र्याएर बिरामीलाई सेवा दिँदै आइरहेको छ।
टेष्ट ट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट अस्पतालले बिरामीलाई सेवा दिइरहेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण