नेपालका सडकलाई वधशाला हुनबाट रोक्नुपर्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सडक वधशाला भइरहेकाले त्यसलाई रोकेर जीवनशाला बनाउन जरुरी रहेको बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ । जीवनशाला बनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले सडक विभागले सडक बनाउने र त्यसको गुणस्तर उसैले जाँच्ने र यातायात व्यवस्था विभागले लाइसेन्स आफै जाँच्ने दुनियाँमा कहीँ नभएको व्यवस्था नेपालमा भइरहेको बताए । उनले रोड सेप्टी काउन्सिल गठन गर्न माग गर्दै यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताए । साथै उनले नेपालमा दुई पाङग्रे सवारी साधनमा ७० प्रतिशत मृत्यु हुने गरेको भन्दै यस्ता विषयमा छलफल गर्न जरुरी रहेको बताए ।
‘अटो ल्यान्डको निर्माण गर्ने, यातायात क्षेत्रका श्रमिकहरूलाई उचित ढङ्गले सम्बोधन गर्ने, भेहिकल टेस्टिङ सेन्टरहरूको निर्माण गर्ने, सडक पूर्वाधारको विकास गर्ने, सडक बीमा र दुर्घटनापछिको उद्धार उपचार र पुनर्स्थापनाजस्ता पक्षहरूमा ध्यान दिँदै सडक मान्छेको जीवनयापनको सजिलो माध्यम हो’, भट्टराईले भने, ‘सडक जीवनशाला हो । नेपालका सडकहरूलाई वधशाला हुनबाट जोगाउनुपर्छ ।जीवनशालाबनाउनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण