उपराष्ट्रपति पुनबाट दजर्नाै कलाकर्मी सम्मानित
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा त्रिमूर्ति भनेर चिनिने नेपालको प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंह ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित भएका छन् ।
उपराष्ट्रपति भवन लैनचौरमा बुधबार आयोजित एककार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले अभिनेत्रीहरुलाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरे ।
सोही अवसरमा कलाकार निर्देशक लय संगौला, डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार निर्देशक मोहन निरौलाले समेत ‘विशिष्ट कला सम्मान’ प्राप्त गरे ।
ब्राण्ड यु पिक्चर्स प्राली र तारकेश्वर कला प्रतिष्ठानले निर्माण गरेको टेलिश्रृखला ‘अव जे होला होला’ को ५२ औं भागमा पुरा गरेको उपलक्षयमा आयोजित कार्यक्रममा ‘विषेश कला सम्मान’ चलचित्र निर्माता संघका अध्यक्ष नवाल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार शिवहरी बैरागी, सुवास गजुरेल, निर्देशक शोभित बस्नेत, अभिनेत्री रस्मि भट्ट, किसोर भण्डारी, दमन रुपाखेती, शेखर खनाल, लोक गायक धु्रर्वराज खड्का, पत्रकार कृष्ण भुषाल, सानुकाजी श्रेष्ठ, कुबेर गिरी, गीता अधिकारी, दीपज्योती थापा, सुरेन्द्र थापा लगायतले प्राप्त गरे ।
कार्यक्रममा निर्देशक देबेन्द्र पाण्डे, नृत्य निर्देशक अजय कुमार विष्ट, कृष्ण रसाल, कलाकार राजु अधिकारी, मुकुन्द मैनाली, गायक चिरञ्जीबी भण्डारी, पत्रकार किरण अधिकारी, निर्देशक माधव राज खरेल, प्रकाश श्रेष्ठ लगायत थुप्रै कलाकार, प्राविधिक र टेलिचलचित्रका युनिटलाई समेत ‘कला सम्मान’ प्रदान गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताए । ‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्वपुर्ण भूमिका खेल्छ’ उनले भने ‘भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनियछ ।’
नेपाली कलाक्षेत्रमा टेलिचलचित्रको आफ्नै भूमिका रहेको बताएका उनले हास्य टेलिचलचित्रको प्रभाव र त्यसप्रतिको आकर्षण बढ्दै गएको बताए । ‘हास्य कलाकारको व्यङ्ग्यकला मनोरञ्जनमात्रै नभई नीति निर्माण तहमा पनि प्रभाव पार्नसक्ने माध्यम बनेका छन्’ उनले थपे ।
ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का निर्माता निर्देशक कलाकार उत्तम केसी हुन् । टेलिश्रृखलाको सफलताको खुसी सबै माझ बाड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई सम्मान गर्न आफूले कार्यक्रम आयोजना गरेको कलाकार निर्देशक उत्तम केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण