भारतबाट भित्रिन थाल्यो गहुँ, तीन नाकाबाट नेपाल आउँदै
काठमाडौँ । भारतबाट करिब १० महिनापछि गहुँको आयात सुरु भएको छ । आन्तरिक बजारमा मूल्य बढेको भन्दै भारतले निर्यात प्रतिबन्ध लगाएपछि लामो समयपछि गहुँको आयात सुरु भएको हो ।
नेपाल फ्लोर मिल एसासिएशनका अनुसार पछिल्लो २ दिन यता नेपालमा गहुँको आयात सुरु भएको छ । एसोसिएशनका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार अग्रवालले आयात सुरु भइसकेको जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘उद्योगीहरुले धमाधम गहुँको आयात गर्न थालेका छन् ।’
यद्यपि, कति परिणाम गहुँ भित्रिसक्यो भन्ने जानकारी एसोसिएशनसँग नहुने उनको भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुसको पहिलो साता उद्योगहरुलाई ३० हजार मेट्रिक टन गहुँ आयातको अनुमति दिएको थियो ।
सोअनुसार उद्योगीहरुले तीन वटा नाकाबाट गहुँ ल्याउन सुरु गरेका थिए । उद्योगीहरुले जोगबनी, सुनौली र रक्सौल नाकाबाट गहुँ ल्याइरहेका छन् । भारतले नेपाललाई वार्षिक ५० हजार मेट्रिक टन आयातको अनुमति दिएको थियो । यसमध्ये थप २० हजार मेट्रिक टन आयात अनुमति पाइसकेका छैनन् ।
मन्त्रालयले आगामी साता थप २० हजार मेट्रिक टन गहुँको आयात अनुमति दिने विषयमा छलफल अघि बढाउने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण