भारततर्फ लान लागेको मदिरासहित ३ भारतीय पक्राउ
रौतहट । रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारत तर्फ लान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पचपकडी १३ का ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओमप्रकाश कुमार र कसवाकपुर पकरी १६ का २५ वर्षीय महमद सलमान रहेका छन् । उनीहरुले प्रयोग गरेको डिएल ४ सिएनबी ०६१६ नम्बरको स्कर्पियो गाडी र १४ हजार २५० मूल्य बराबरको ५७० बोतल सौंफी मदिरा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् ।
बुधबार साँझ ५ बजे भारत लग्ने अभिप्रायले सीमावर्ती क्षेत्र गौर नगरपालिका ४ दालमिल स्थित मोहन अग्रवालको बगैँचा नजिकै उक्त स्कारपियो गाडीमा रोकी सौफी रक्सी लोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट गएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । भारत विहार राज्य जिल्ला मोतिहारी ग्राम पचपकडी बरामद मदिरासहित गाडीको कुल नौ लाख चौध हजार दुई सय पचास मुल्यांकन गरि पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भारत बिहार मुख्यमन्त्री नितिस कुमार नेतृत्वको सरकारले मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि तस्करहरूले रौतहट लगायत नेपालको सीमावर्ती बजारबाट अवैध रूपमा मदिरा लैजाने गरेको छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण