सत्ता गठबन्धन धेरै दिन टिक्दैन : नेता थापा
बिहीबार, ०४ फागुन २०७९, १० : १७
सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन्।
आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारमा सहभागी मन्त्रीहरूले नै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार भइरहेको उनले बताए।
'यस्तो खालको कार्यको समाजवादीले विद्रोह गर्ने छ,' उनले भने । खिचडी सरकारबाट देशको भविष्य नरहेको बताउँदै उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताए ।
साथै राष्ट्रपति दल भन्दा बाहिरको व्यक्ति बनेको खण्डमा समाजवादीले समर्थन गर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण