श्रीलङ्कामा महसुल बढेसँगै दैनिक विद्युत् कटौती स्थगित
कोलम्बो । श्रीलङ्काले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो ।
विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले नियामक निकायबाट स्वीकृत भएकाले नयाँ महसुल लागू भएको बताए ।
श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले यसको अध्यक्ष जनक रत्नायकेले विरोध गरे पनि संशोधनलाई अनुमोदन गरेको हो । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले न्यून आय भएका परिवारका लागि सहुलियत र धार्मिकस्थल र सरकारी शैक्षिक संस्थाका लागि सौर्य ऊर्जा प्रणाली उपलब्ध गराउन निर्देशन दिएका छन् ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले विद्युत् उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्दै महसुल परिमार्जन कार्यान्वयन गर्न ऊर्जा तथा ऊर्जामन्त्री र सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको राष्ट्रपतिको सञ्चार महाशाखाले बिहीबार जनाएको छ ।
श्रीलङ्काले अगस्ट २०२२ मा ७५ प्रतिशतले बिजुलीको शुल्क बढाएको थियो । यद्यपि, राज्यको स्वामित्वमा रहेको बिजुली उत्पादक सिलोन विद्युत् बोर्ड भने घाटामा छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण