आफ्नै परिवारको हत्या प्रयास गर्ने एक जना पक्राउ
शुक्रबार, ०५ फागुन २०७९, ०९ : ४२
रुपन्देही । आफ्नै श्रीमती र छोरा छोरीको हत्या गर्ने प्रयासको आरोपमा रुपन्देहीको देवदहका व्यक्ति पक्राउ परेका छन् ।
देवदह वडा नं. ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर विकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । विकले गत सोमबार साँझ आफ्नै घरभित्र बसेका श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कुल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरू जुटेर आगो निभाई उद्धार गरिएको थियो ।
आरोपित विकलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण