मलेसियामा बसेर महिलाको चरित्रहत्या, नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ

काठमाडौँ । मलेसियामा बसेर महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ५ स्थित टिकुलियाका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन् ।
पीडित महिलाको नाबालिकाबहिनी समेत सँगै भएको तस्विर प्रयोग गरी उनलेसामाजिक सञ्जालमा चरित्रहत्या गरेको उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको थियो । वैदेशिक रोजगारीमा रहेका उनले पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा उनलाई मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बिहीबारको आदेशले दिन ५ दिन म्याद थप भएर आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट
-
कुलमान हटाउने निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन : गगन थापा
-
तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
-
सरकारले कुलमान हटाउनुहुने थिएन : विश्वप्रकाश शर्मा
-
सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु
-
प्रचण्डले भने- कुलमान हटाएको समाचार असत्य साबित होस् !