कानुन व्यवसायीसहित कांग्रेस संसदीय कार्यसम्पादन समितिको बैठक सिंहदबारमा
काठमाडौँ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाबारे कानुनी परामर्शमा जुटेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा कांग्रेस कांग्रेसले कानुन विज्ञसँग छलफल गरिरहेको छ । कांग्रेस संसदीय कार्यसम्पादन समितिले पार्टी निकट कानुन अहिले व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का पदाधिकारीसँग परामर्श लिरहेको छ ।
अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले माघ २५ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्ने कि नमान्ने भन्ने विवादमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । यस विवादमा सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । कांग्रेसले कानुन व्यवसायीको रायानुसार जवाफ पेस गर्ने गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण