कानुन व्यवसायीसहित कांग्रेस संसदीय कार्यसम्पादन समितिको बैठक सिंहदबारमा

काठमाडौँ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाबारे कानुनी परामर्शमा जुटेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा कांग्रेस कांग्रेसले कानुन विज्ञसँग छलफल गरिरहेको छ । कांग्रेस संसदीय कार्यसम्पादन समितिले पार्टी निकट कानुन अहिले व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का पदाधिकारीसँग परामर्श लिरहेको छ ।
अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले माघ २५ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्ने कि नमान्ने भन्ने विवादमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । यस विवादमा सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । कांग्रेसले कानुन व्यवसायीको रायानुसार जवाफ पेस गर्ने गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
-
भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी