विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ
काठमाडौँ । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।
धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य पीठ वेदवेदाङ्ग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो । महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो ।
विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध महसुस गरी उनीहरुमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् र दिवङ्गत भएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण