सेनाद्वारा निशान भगवती मन्दिरको जीर्णोद्धार
भोजपुर । नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले शनिबार शुभारम्भ गरेका छन् ।
इतिहास बोकेको मन्दिरको जीर्णोद्धार भएसँगै स्थानीयवासी खुसी भएका छन् । “यो भोजपुरको इतिहास बोकेको मन्दिर हो”, स्थानीयवासी परशुराम तिवारीले भने, “सेनाले जीर्णोद्धार गरेर उद्घाटन पनि भयो । यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ ।”
मन्दिरको रु २१ लाख २६ हजार चार सय ५४ लागतमा जीर्णोद्धार सम्पन्न भएको फस्टरैफल गणका गणपति विश्वनाथ तिमल्सेनाले जानकारी दिए ।
सो अवसरमा सहायक रथी थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरूको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षण गरिएको बताए । “सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बोकेका स्थलहरूको संरक्षण गर्दै आएको छ”, उनले भने, “यही कार्यक्रमअनुसार सेना र स्थानीयवासीको सहयोगमा यो मन्दिरको जीर्णद्वार गरेका छौँ ।”
सो अवसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा सेनाले खेलेको भूमिका उल्लेख्य रहेको जनाउँदै मन्दिरको आगामी दिनमा संरक्षणका लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताए ।
विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य रूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो । जीर्णद्वार पश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीय थप उत्साहित भएका छन् । विगतको समयमा भएको निशान भगवती मन्दिर भत्किएपछि विसं २०६९ मा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण