बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवसको अवसरमा जुम्ला कारागारबाट दुई जना कैदी मुक्त

आइतबार, ०७ फागुन २०७९, १६ : १४
आइतबार, ०७ फागुन २०७९

जुम्ला । जुम्ला कारागारबाट दुई जना कैदीबन्दी मुक्त भएका छन् । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएपछि उनीहरू मुक्त भएका हुन् ।

कारागार मुक्त हुनेमा मुगुका ३२ वर्षीय ज्ञानजन भन्ने पदम लाउट र सुशील शाही रहेका छन् । लाउट बहुविवाहमा मुद्दामा र शाही आत्महत्या दुरुत्साहनमा कैद सजाय भोगी रहेका थिए । लाउट र शाहीले ५०/५० प्रतिशत कैद सजाय भोगी सकेको जुम्ला कारागारका जेलर विष्णुबहादुर महतले बताए ।

उनीहरूलाई आइतबार आफन्तको जिम्मा लगाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप