पुरानो गठबन्धन ब्युँताउन नेताहरू सक्रिय
काठमाडौँ । तत्कालीन पाँच दलीय गठबन्धन ब्युँताउन नेताहरू सक्रिय भएका छन् । पुरानो गठबन्धनका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
आम निर्वाचनपछि प्रधानमन्त्री चयन गर्ने बेला सो गठबन्धन टुट्न पुगेको थियो । पूर्व सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री दिन तयार नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । अहिले राष्ट्रपतिको निर्वाचन नजिकिन थालेपछि वर्तमान सत्ता गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धन निर्माण गर्न नेताहरू सक्रिय देखिएका छन् ।
आइतबार बेलुका ४ बजे प्रधानमन्त्री प्रचण्डलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटेको नेपाल निकट एक नेताले बताए । प्रधानमन्त्री प्रचण्डलाई भेटेर नेपाल र यादवले पुरानो गठबन्धन निर्माण गर्ने विषयमा छलफल गरेको ती नेताले बताए ।
नेपाल र यादवले भेटे लगत्तै आइतबार राति नै नेपाली कांग्रेसका नेताहरूले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।
प्रचण्डसँग कांग्रेस नेताहरूले करिब २ घण्टासम्म भेटेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । कांग्रेस नेताहरूले आफ्नो पार्टीका राष्ट्रपतिको उम्मेदवारलाई सघाउन आग्रह गरेपछि प्रचण्डले सकारात्मक जवाफ दिएको कांग्रेस नेताहरूको दाबी छ ।
राष्ट्रपतिका विषयमा प्रचण्डले पार्टी बैठकमा छलफल गरेर आधिकारिक निर्णय गर्ने बताएका छन् । आगामी फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ भने निर्वाचन फागुन २५ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण