शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीले बनायो स्ववियू चुनाव घोषणापत्र लेखन समिति

सोमबार, ०८ फागुन २०७९, ११ : ३३
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियू चुनावलाई लक्षित गरेर घोषणापत्र लेखन समिति गठन गरेको छ । संगठनका उपाध्यक्ष नारायण खनालको नेतृत्वमा स्ववियू चुनाव घोषणापत्र लेखन समिति गठन गरिएको  हो । अरू सदस्यहरू आवश्यकताअनुसार संयोजकलाई थप्ने जिम्मेवारी दिएको छ ।

अखिल क्रान्तिकारीले स्ववियू चुनावमा घोषणापत्र लेख्नुभन्दा अघि रत्नराज्यलक्ष्मी क्याम्पसमा विभिन्न संकायका विद्यार्थीसँग, पदम कन्या क्याम्पसमा महिला विद्यार्थीसँग छलफल गरेको थियो । अरू प्राध्यापक, विषय विज्ञसँग समेत छलफल गरेर घोषणापत्र तयार गरिने अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए । स्ववियू चुनावलाई जनमुखी बनाउन विभिन्न निकायसँग छलफल गरेर घोषणापत्र तयार गर्न लागिएको एमसीले बताए । अखिल क्रान्तिकारीले विभिन्न निकायसँग छलफल गरेर पहिलो पटक स्ववियू घोषणापत्र तयार गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप