अखिल क्रान्तिकारीले बनायो स्ववियू चुनाव घोषणापत्र लेखन समिति
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियू चुनावलाई लक्षित गरेर घोषणापत्र लेखन समिति गठन गरेको छ । संगठनका उपाध्यक्ष नारायण खनालको नेतृत्वमा स्ववियू चुनाव घोषणापत्र लेखन समिति गठन गरिएको हो । अरू सदस्यहरू आवश्यकताअनुसार संयोजकलाई थप्ने जिम्मेवारी दिएको छ ।
अखिल क्रान्तिकारीले स्ववियू चुनावमा घोषणापत्र लेख्नुभन्दा अघि रत्नराज्यलक्ष्मी क्याम्पसमा विभिन्न संकायका विद्यार्थीसँग, पदम कन्या क्याम्पसमा महिला विद्यार्थीसँग छलफल गरेको थियो । अरू प्राध्यापक, विषय विज्ञसँग समेत छलफल गरेर घोषणापत्र तयार गरिने अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए । स्ववियू चुनावलाई जनमुखी बनाउन विभिन्न निकायसँग छलफल गरेर घोषणापत्र तयार गर्न लागिएको एमसीले बताए । अखिल क्रान्तिकारीले विभिन्न निकायसँग छलफल गरेर पहिलो पटक स्ववियू घोषणापत्र तयार गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण