ज्ञानेन्द्र शाहको अभिव्यक्ति असंवैधानिकः माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन जारी गरेको विज्ञप्ति असंवैधानिक भएको बताएका छन् । पार्टीका तर्फबाट सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले सो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको जिकिर गरेका छन् ।
‘जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औं प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो’, विज्ञप्तिमा भनिएको छ ।
नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि “श्री ५ महाराजधिराज नरहेको’ विज्ञप्तिमार्फत जनाइएको छ । उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति लगाइएको लाल्छना आपत्तिजनक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘केही दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्था विरुद्ध बोल्नु सरासर गलत कुरा हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ ।’
विज्ञप्तिमा सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यसखाले गतिविधिका विरुद्ध एकजुट हुनुपर्नेमा पनि जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण